हरितालिका तीजको अवसरमा गुल्मीको छत्रकोटमा तीज गीत प्रतियोगिताको आयोजना

साबित्रा पौडेल, भदौ १३ गल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको अवसर पारेर तीज गीत प्रतियोगिताको आयोजना गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको होयही भदौ १७ गते हरितालिका तीजको अवसर पारी वडा नम्बर ४ श्रृङ्गाको श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. १५००० र प्रमाणपत्र तोकिएको छ। यस्तै द्वितीय हुनेलाई नगद १२ हज, र तृतीय हुनेलाई नगद १० हजार तथा सान्त्वना हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो।

प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका ६ वटै वडाहरूबाट एउटा टिम अनिवार्य सहभागी हुनुपर्नेछ भने सहभागी समूहले १० मिनेटभित्र आफ्नो प्रतिभा प्रस्तुत गर्नुपर्नेछ। \

गीतमा

कुनैपनि व्यक्ति राजनैतिक दल वा संघसंस्थालाई आक्षेप लगाउन नपाइने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो।

यस्तै बाद्यवादन सामग्री स्वयं आफैंले व्यवस्थापन गर्नुपर्ने र गीत महिला हकहित, महिला अधिकार, राष्ट्रिय/स्थानीय संस्कृति सम्वर्द्धनसँग सम्बन्धित हुनुपर्ने जनाइएको छ ।

यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *