
सुदर्शन पन्थ, गुल्मी ।
चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ।
चन्द्रकोट दलित उत्थान समाज ५ नं. वडा कार्य समितिको आयोजना तथा वडा कार्यालयको सह- आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रको कार्यक्रममा सभाध्यक्ष मीन बहादुर नेपाली, पालिका अध्यक्ष युवराज के सी, प्रशासन शाखा प्रमुख शिव प्रसाद ज्ञवाली, वडाध्यक्ष पृथ बहादुर कार्की, राजनीतिक दलका प्रतिनिधि, प्रशिक्षक इश्वरी बस्याल लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी. ले दलितको नाममा हुने विभेद अन्त्य गर्न आफू हर्दम तयार रहेको र यो तालिम पछि प्रशिक्षार्थीहरु नेतृत्व तह सम्म पुगेको हेर्ने चहाना भएको बताउनुभयो। उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन पत्रकार सुदर्शन पन्थले गर्नु भएको थियो ।

२० जना प्रशिक्षार्थी सहभागी भएको तालिम आइतबार सम्म चल्ने छ।
