धुर्कोटका किसानको मकै खेतीमा बंदेल आतंक

वासुदेव पोखरेल , साउन १३ गुल्मी ।

धुर्कोट गाउँपालिका आसपासका ठाउँमा मकै बालीमा बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ  । केही दिनदेखि गाउँपालिका वडा नम्बर ४ जैसीथोक रौताडीमा बँदेलले मकै बालीमा पसेर बाली खानेदेखि भाँचिदिने गरेपछि बाली भित्राउन नपाइने चिन्ताले किसानलाई पिरोलेको स्थानीय उदय नन्द पोखरेलले बताउनुभयो ।

दिउँसो को समयमा बाँदर रात्रीको समयकोमा बँदेल र दुम्सी लगायतका जङ्गली जनावर हरू जङ्गलबाट बाहिर निस्कने र किसानले लगाएको मकै बाली एकै रातमा बारीनै सखाप पार्ने गरेको स्थानीय केशव पोखरेलको भनाई छ ।

बंदेलले क्षति पु¥याएको स्थानहरुमा वडा अध्यक्ष वीर बहादुर जोगी कुँवर, कृषि विकास अधिकृत दिलिप न्यौपाने, वडा सदस्य माधव पोखरेल, जैसीथोक प्रहरी चौकीका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरेको छ ।

अनुगमन पछि बोल्दै वडा अध्यक्ष कुँवरले किसानहरुले बेहोर्नुपरेको क्षतिलाई मलम लगाउनेगरी आवश्यक पहल गरिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *