सुदर्शन पन्थ, कार्तिक ११ गुल्मी ।
गुल्मीको छत्रकोट गाँउपालिकाको आयोजनामा बालशिक्षा शिक्षकहरुलाई तिन दिने पुनर्ताजगी, शैक्षिक सामाग्री निर्माण कार्यशाला एवम मन्टेश्वरी तालिम आजदेखी गा.पा को सभाहलमा सुरु भएको छ।
प्रा.स सीता खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गा.पा उपाध्यक्ष सावित्रा ज्ञवालीको अध्यक्षता रहेको थियो।कार्यक्रममा सामाजिक विकास समिति संयोजक गुणाकर ज्ञवालीले शुभकामना मन्तव्य राख्नु भएको थियो । ४३ बाल शिक्षा शिक्षकहरुको सहभागिता रहेको तालिममा भगवती थापाले प्रशिक्षण दिनु हुनेछ।
कार्यक्रमको सञ्चालन गर्दै शिक्षा प्रमुख, टिकाराम आचार्यले मानव जीवनको आधारशिलाको रुपमा रहेको प्रारम्भिक बाल्यावस्थाको सर्वाङ्गिण विकास गराउने उद्देश्य राखेर तालीम आयोजना गरिएको बताउनु भएको थियो । तालिम मंगलवार सम्म चल्ने छ ।