पाल्पामा एसईईको सबै तयारी पूरा, ४ हजार बढी बिद्यार्थी सहभागी हुँदै

चैत १४ , पाल्पा ।

पाल्पामा भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लामा यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिदैँ छन । जसमध्ये सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जना बिद्यार्थी रहेका छन ।

तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । इकाइ प्रमुख महेन्द्र सुवेदीका अनुसार जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा दिने छन । यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थीले परीक्षा दिने सुवेदीले जानकारी दिनुभयो । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुदैँछन ।

एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसइइ दिने छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जना रहेका छन ।

गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *