तारा कंडेल, माघ १३ गुल्मी ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ मा रहेको ईश्वरी माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको पुरस्कार तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी प्रतियोगी विद्यार्थीहरुलाई एक समारोहका बिच सम्मान गरेको छ ।
शैक्षिक सत्र २०८० को अर्धवार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कक्षा नर्सरी देखि १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियोे ।
साथै यही माघ ४ र ५ गते गुल्मीदरबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस विद्यालयबाट स्वर्ण पदक प्राप्त गर्ने ३ जना, काश्य पदक प्राप्त गर्ने ४ जना र रजत पदक प्राप्त गर्ने ८ जना विद्यार्थी र खेल शिक्षक टोपबहादुर थापालाई सोही समारोहका बिच खादा र मेडलद्वारा सम्मान गरिएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष अम्मर बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नर प्रसाद श्रेष्ठको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा पुरस्कार विधा तर्फ शिक्षक बाबुराम कंडेल र खेलकुद विधा तर्फको सञ्चालन शिक्षक टोपबहादुर थापाले गर्नुभएको शिक्षक गणेश शाहीले जानकारी दिनुभयोे ।