श्रृङ्गा जनता मा. वि वार्षिकोत्सव:उत्कृष्ट वर्ष विद्यार्थीको रुपमा मनिषा पौडेल सम्मानित

सुदर्शन पन्थ, फागुन १२ गुल्मी ।

श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका वडा नं ४ श्रृङ्गा गुल्मीको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

३ दिन सम्म सञ्चालन भएको वार्षिकोत्सवको आज भव्य समारोहका बिच समापन गरिएको हो।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्किको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पालिका अध्यक्ष राम प्रसाद पाण्डेयको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पालिकाका पुर्व अध्यक्ष मधुकृष्ण पन्थ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, विभिन्न विद्यालयका प्र. अ. तथा प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालयका पुर्व शिक्षक, पत्रकार, सुरक्षाकर्मी लगायत सरोकारवाला स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

शिक्षिका मिना गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्र.अ. विकास चन्द्र खरेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा पालिका अध्यक्ष राम प्रसाद पाण्डेय, मन्त्री धनेन्द्र कार्की, पुर्व प्र.अ. होमनाथ कंडेल, पालिकाका संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम चन्द्र कंडेल पुर्व शिक्षक रमेश पन्थ, रुरुक्षेत्र गाउँपालिकाका सामाजिक विकास समिती संयोजक एवं वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल र विद्यार्थीको तर्फबाट स्नेहा पन्थ र इशा अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा विद्यालयमा कार्यरत पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा विगत लामो समयदेखि अध्यापन गराउँदै आउनुभएका शिक्षक माधव प्रसाद पौडेल र राधा काफ्ले बन्जाडे लाई पनि उहाँहरुको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको छ ।

यस वर्षको उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा ११ मा अध्ययन गर्ने छात्रा मनिषा पौडेललाई समेत सम्मानित भएकी छन् ।

कार्यक्रमको बिचबिचमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

फरक अभ्यासको रुपमा कार्यक्रमको सुरुदेखि अन्त्य सम्म बस्ने अभिभावक माध्यबाट ४ जनालाई लक्की ड्र मार्फत सम्मान समेत गरिएको थियो।कार्यक्रमको सञ्चालन शिक्षकहरु पशुपती कंडेल र घनश्याम कंडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *