साबित्रा पौडेल , बैशाख १२ गुल्मी।
अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवलतर्फ जादै गरेको EV हाइस शितगंगा नगरपालिका २ सीतापुरको राजुबास दुर्घटना भएको छ ।
अर्घा भगवती यातायात प्रालिको लु १ ज ४८७३ नम्बरको EV हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन ।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ९ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेको उद्धार गरी ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
निर्माणधिन सडकमा ढुङ्गामा चड्दा अनियन्त्रित भएर गाडि दुर्घटनामा परेको चालकको भनाइ छ