लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

पुष ८, गुल्मी।

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।


प्रदेश प्रमुख अमिक शेरचनले आज (आइतबार) नवनियुक्त मन्त्री कांग्रेसका सरोज थापा ‘रोज’ र माओवादीकी कृष्णा केसीलाई मन्त्री पदको शपथ गराउनुभएको हो।

नवनियुक्त मन्त्रिहरुलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो (शनिबार) मन्त्रीमा नियुक्त गर्नुभएको थियो।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *