

सुदर्शन पन्थ, फागुन ११ गुल्मी ।
श्रृङ्गा जनता मा. वि छत्रकोट-४ गुल्मीको ६६औं वार्षिकोत्सव शनिबार देखि सुरु भएको छ ।
दोस्रो दिनको कार्यक्रम अन्तर्गत भएको उषा स्मृति हाजिर जवाफ प्रतियोगितामा राष्ट्रिय मा. वि. थोर्गा प्रथम भएको छ। ७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञवा मा.वि. बलेटक्सार द्वितीय, मैनडाँडा मा.वि. हर्दिनेटा तृतीय र रेन्बो इङलिस बोर्डिङ स्कुल सान्त्वना भएको छ।

आइतबार नै भएको नृत्य प्रतियोगितामा प्रा.वि. तहमा पूजा पुजा पन्थ प्रथम, राहुल रजाली द्वितीय र श्रीसा थापा तृतीय भएकी छन् भने मा.वि. तहमा माया पौडेलको समूह प्रथम, निशा सारु द्वितीय तथा अंकित अर्याल र विद्या भुसाल तृतीय भएका छन् ।
सोमबार वार्षिकोत्सबको मुल समारोहको दिन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहने छ।
