चैत ८ , गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ । धार्मिक तथा पर्यटकीय स्थल रूरूक्षेत्र गाउँपालिका १ रिडीमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको हो ।
रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् ।
दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा शालिग्राम पाइन्छ ।