आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 चैत ८ , गुल्मी ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी , मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ। 

आज पनि कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *