
साबित्रा पौडेल, पुष ५ गुल्मी।
खाद्य व्यवस्था तथा व्यापार कम्पनिले गुल्मीको बलेटक्सारमा सुपथ छुट मूल्य पसल संचालनमा ल्याएको छ।
सुपथ छुट मुल्य पसल संचालनका लागि रुरुक्षेत्र गाउँपालिकाले बलेटक्सारमा रहेको कृषि तथा पशु कार्यालयको भवन खाद्य व्यवस्था तथा व्यापार कम्पनिलाई उपलब्ध गराएको छ।
रुरुक्षेत्र गाउँपालिका वडा नं ४ मा संचालित सुपथ छुट मूल्य पसलबाट पायक पर्ने नागरिकहरुले सेवा लिन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीले तत्कालका लागी दुई थरी चामल मात्र बिक्री सुरु गरेको र केही समय पछी खाद्य सम्बन्धि दाल, तेल, नुन लगायतका सामग्री उपलब्ध गराउने पनि जनाएको छ।
