छत्रकोट गाउपालिकाको १४औ अधिबेसनमा एउटा ऐन र ५ वटा प्रस्ताब पारित ।

माघ ५ गुल्मी,

 

छत्रकोट गाउँपालिका गुल्मीको साझेदारी कार्यक्रम संचालन ब्यवस्थापन ऐन २०७९, अर्धबार्षिक प्रगति प्रतिबेदन, योजना संसोधन रकमान्तर तथा योजना तर्जुमा, लेखा समितिको प्रतिबेदन , खर्च अनुमोदन प्रतिबेन र न्यायिक समितिको प्रतिबेदन बहुमत बाट पारित गरिएको हो ।

पुष २९ गते सुरु भएको अधिबेशनको पहिलो बैठकमा सामाजिक बिकास समिति संयोजक गुणाकर ज्ञवालीले अर्धबार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

 

प्रतिबेदनमा यस आर्थिक बर्षमा सुरु भएका सडक लगायतका पूर्वाधार र नागरिक सचेतना तथा पंजिकरणका काममा सतप्रतिशत नतिजा प्राप्त भएको उल्लेख गर्नु भयो ।

 

लेखा समिति संयोजक नरेन्द्र पल्लिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा गत र यस आर्थिक बर्षको बेरुजु रकम नियमित गर्ने बिषय उल्यख गर्नु भएको थियो ।

गाउँपालिका उपाध्यक्ष एवं राजस्व परामर्स समिति संयोजक साबित्रा ज्ञवालीले बजेट योजना संसोधन रकमान्तर तथा योजना तर्जुमा पेस गर्नु भएको थियो । करिब ४ करोड ५० लाख बराबरको नयाँ योजनामा रकमान्त गर्ने प्रस्ताब पहिलो बैठकले पारित गरेको थियो र न्यायिक समितिको प्रतिबेदन आजको दोस्रो बैठकले पारित गरेको छ ।

आर्थिक बिकास समितिका संयोजक तेजकान्त अर्यालले खर्च अनुमोदन प्रस्ताब पेस गर्नु भएको थियो ।

छत्रकोट गाउँपालिका गुल्मीको साझेदारी कार्यक्रम संचालन ब्यवस्थापन ऐन २०७९, बिधायन समिति संयोजक नारायण रेस्मिले पेस गर्नु भएको थियो ।

आजको दोस्रो बैठकमा वडा नं. १ का वडा सदस्य जीवन भण्डारीले सबै वडामा भूगोल र जनसंयाकाको आधारमा योजना बनाउन सुझाब दिनु भएको थियो ।

वडा नं. २ का वडा सदस्य भबिलाल पौडेलले वडा नं. २ का केहि योजनाको रकमान्तर गरिएकोमा असन्तुष्टी जनाउनु भएको थियो ।

गाउपालिका एवं सभाका अध्यक्ष रामप्रसाद पाण्डेयले वडा सदयहरुको जिज्ञासाको जवाफ दिदै सबै जनप्रतिनिधी वडा बाट माथी उठेर समग्र पालिकाको बन्नु पर्ने बताउनु भयो । उहाले सिमित बजेटबाट स्थानिय तहले जनजिबिकाको बिषय देखि ठूला योजना सम्मका काम गर्नु पर्ने भएकोले, ठाउँ बिशेषका ठूला योजनाको बजेटले गर्दा सन्तुलन नमिलाए जस्तो मात्रै देखिएको बताउनु भयो । निर्वाचित भएर आएको आठ महिनामा साना साना देखि ठूला योजना सुरु भएकोमा सफलताको लागि सबैको रचनात्मक सहयोग र सहभागिता आवस्यक रहेको बताउनु भयो ।

यस आर्थिक बर्षको लागि छत्रकोट गाउँपालिकाको अनुमानित ५५ करोड बढिको बजेट बिनियोजन गरिएको छ । जस मध्ये ६ महिनामा चालु र पूजीगत गरि ११ करोड १९ लाख बढी, २० प्रतिसत रकम खर्च भएको छ । करिब ४ करोड ५० लाख बराबरको नयाँ योजनामा रकमान्तर गरिएको छ ।

अधिबेसनमा प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुनले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस