समाचारHome News लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा सपथ ग्रहण लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा सपथ ग्रहण

माघ ४,लुम्बिनी:

लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मन्जु खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले सपथ ग्रहण गराउनुभएको हो ।

सपथग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले अघिल्लो प्रदेश सभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस