रुरुधाममा माघेसक्रान्ति मेला शुरु,थामिनसक्नु भिड

रिडीबजार ।

 

रुरुधाममा माघेसक्रान्ति मेला शुरुभएकाे छ । याे पटककाे मेला बिगत भन्दा अत्यन्तै भिडकाे ठेलम ठेल छ । बगर ,बजार कालीगण्डकी नदिकाे किनार कतै खुट्टाे राख्ने ठाउँ छैन । गुल्मी तर्फकाे रिडीखाेला किनार र रुरुखेल मैदानमा व्यापारीक स्टलहरुमा किन्ने र बेच्नेहरुकाे भिड उत्तिकै छ ।

याे वर्ष  कृषि मेला प्रदर्शनीपनि लागेकाे छ  याे क्षेत्रमा उत्पादित कृषि उत्पादन लाई अवलाेकन गर्नेहरु पनि उत्तिकै  छन । यसैगरी रिडी आउने तिर्थयात्रीहरुका लागि नुहाउने घाटकाे व्यवस्थापन गरिएकाे छ मुख्य रुपमा घाटक्षेत्रकाे फाेहर मैलालाईकाे सरसफाइ गर्दै स्वच्छ र कन्चन कालीगण्डकीकाे तटमा तिर्थालु हरुले नुहाउन सकुन भनेर सरसफाइ गरिएकाे आयाेजक एफ सि क्लवका अध्यक्ष प्रायाश्चित कसजुले बताए ।

 

याे वर्ष डाेल्पा बाग्लुङ राेल्पा क्षेत्रबाट राडि पाखि घाँजि डाेका ठेका सुपाका व्यापारी हरु धेरै आएका र  उनिहरुलाई खाना पकाउन र जाडाेमा आगाे ताप्न दाउराकाे व्यवस्थापन रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विककाे पहलमा उपलब्ध गराइएकाे छ र आगामी वर्षका लागि पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता वडाध्यक्ष विक बाट भएकाे रुरु फ्रेण्डस क्लबका सचिव प्रेम भण्डारीले दिए ।खेल मैदान क्षेत्रमा बृहत् साँस्कृतिक कार्यक्रममा लाेकदाेहाेरी कलाकारका श्वरहरु गुन्जिरहेका छन ।

राष्ट्रिय र स्थानीय कलाकारहरुका बेजोड प्रस्तुतिले माघकाे जाडाेमा दर्शक तताउने काम भएकाे छ ।

रुरुधाममा कृयाशिल रुरुफ्रेण्डस क्लब र एफ सि क्लबकाे सँयुक्त  आयाेजनामा हुने याे महाेत्सव सभ्य भव्य मर्यादित र पारदर्शी रुपमा सन्चालन गर्न साेहि अनुसार व्यवस्थापन गरिएकाे छ ।आयाेजक हरुले माघ १ देखि ६ गते सम्म रिडीबजारमा मेलाकाे अवलाेकन गर्न आम नागरिक लाई आह्वान गरेकाे छ र याे पटक मेलाका लागि प्रवेश शुल्क निशुल्क बनाईएकाे छ ।रिडी झरेपछि पुलतिर है पुलतिर जाम भन्दै तिनमुखे पुलतिर जानेकाे उत्तिकै भिड छ ।

पहिलो दिन कालीगण्डकी नुहाउने हरु र मठमन्दिर तिर दर्शन गर्नेकाे अत्यधिक भिड छ ।हजारौं सावारी साधन हरु बगर सडक क्षेत्रमा पार्किङकाे व्यवस्था मिलाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस