सुरु भयो दोश्रो मजुवा महोत्सव

भुवन भुसाल, गुल्मी : दोश्रो मजुवा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आजदेखी सुरुभएको छ ।

चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवाको भुजुङ्गे बगरमा आज एक कार्यक्रमका बिच महोत्सवको उदघाटन गरिएको हो । सांस्कृतिक कार्यक्रम, खेलकुद संगै व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सब चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशीले उदघाटन गरेका हुन ।

महोत्सवमा वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, सी लेभल खुल्ला ब्याटमिन्टन प्रतियोगिता, खुल्ला भे-ट्रान्स ब्याटमिन्टन प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता संचालन हुनेछन ।

१० गते सम्म चल्ने महोत्सवमा ख्यातिप्राप्त कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस