रेडियो श्रृङ्गेश्वरले आयोजना गरेको तीज महामेला प्रतियोगिता २०७९ सम्पन्न
माधव ज्ञवाली गुल्मी ।
रेडियो श्रृङ्गेश्वरले आयोजना गरेको तीज महामेला प्रतियोगिता २०७९ सम्पन्न भएको छ। तीज गीतमा नृत्य प्रतियोगितालाई मुख्य आधार बनाई आयोजित कार्यक्रममा दर्जनौं प्रतिष्पर्धी सामेल भएका थिए ।
प्रतियोगितामा छत्रदेव-३ अर्घाखाँचीकि पुजा पाण्डे प्रथम हुनुभएको छ भने चन्द्रकोट-३ हर्राचौर कि अनिसा खत्री र कृष्ण पौडेल दोस्रो हुनुभएको हो । त्यस्तै रैनादेवी २ पाल्पाकी कमला भण्डारीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
उत्कृष्ट चार र पाँचमा क्रमश छत्रकोट-१ हुंगाकी प्रियंका भण्डारी र छत्रकोट -१ कै सविना न्यौपाने छनौट हुनुभएको छ।
विजयी प्रतियोगीहरुलाई पुर्वघोषित विवरण अनुसार प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक अमर पन्थले बताउनुभयो ।
रेडियोले तीज `अनलाइन कम्पिटिसन´ को पनि आज नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार माडी पाल्पाकी मनिषा राना प्रथम, जलजला बाग्लुङकि सरु परियार दोस्रो र हाडहाडे गुल्मीकी सीमा नेपाली तृतीय हुनुभएको छ ।
प्रतियोगितामा सिसाखानी बाग्लुङकी हेमा वि.कले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । कला संस्कृतिको जगेर्ना संगै सिर्जनात्मक रचना र नयाँ प्रतिभा पहिचान गर्न प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरिदै आएको स्टेशन म्यानेजर इश्वरी बस्यालले बताउनुभएको छ।