नव प्रगतिशील युवा क्लवको छैठौँ अधिवेशन सम्पन्न : अध्यक्षमा पन्थ

अमर पन्थ, भाद्र ११ गुल्मी : नव प्रगतिशील युवा क्लव छत्रकोट ३ धरमपानी गुल्मीको छैठौँ अधिवेशन सम्पन्न भएको छ ।
मुनराइज बोर्डिङ्ग स्कुलमा सम्पन्न अधिवेशनले १५ सदस्यिय कार्यसमिती गठन गरेको हो ।
नव प्रगतिशील युवा क्लवका अध्यक्ष जिवन पन्थको अध्यक्षतामा प्रथम उपाध्यक्ष वैकुण्ठ प्रसाद कंडेल द्धितिय उपाध्यक्ष राम प्रसाद पन्थ महिला सदस्य मनिषा श्रेष्ठ सचिव मेघराज कंडेल सह सचिव प्रदिप पन्थ कोषाध्यक्ष सन्तोष पन्थ र सह कोषाध्यक्ष विष्णु सिंजाली चएन हुनुभएको छ ।
कार्यक्रममा क्लब संस्थापक अध्यक्ष जनक पन्थ ,क्लवका पूर्व अध्यक्ष विनोद पन्थ, छत्रकोट गाउँपालिका पूर्व अध्यक्ष मधुकृष्ण पन्थ, सल्लाकार वैकुण्ठ पन्थ लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस