ईन्जिनियर सुशान्तले आज काठमाडौ ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै

भाद्र ६ , काठमाडौ : ईन्जिनियर सुशान्त श्रेष्ठले आज काठमाडौ क्षेत्र न ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै छन ।

यहीँ भाद्र ३ गते नेकपा एमाले छाडेको घोषणा गरेका उनले आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन ।

नेकपा एमालेबाट बाग्मती प्रदेश सांसद गणेश प्रसाद दुलालको स्वकिय सचिव रहेर समेत काम गरेका उनले स्वकिय सचिब पदबाट समेत केहीदिन अगाडि राजिनामा बुझाएका थिए । श्रेष्ठले जर्मनको याकोब्स युनिभर्सिटी बाट इलेक्ट्रीकल इन्जिनियरिङ पूरा गरेका छन ।

स्वतन्त्रहरुको लहर चलेका बेला आफू लहडका भरमा नभई बिगत ४ बर्षदेखिको योजना अनुरुप प्रतिनिधिसभा उम्मेदवार बन्न लागेको बताएका छन । दलमा लागेर लामो समय काम गर्दा उनिहरुको कार्यशैलीले देश नबन्ने निस्कर्ष सहित नेकपा एमाले पार्टी परित्याग गरि आफै संसद छिर्ने योजना बनाएको उनको भनाई छ ।

उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस