गुल्मीको सिमिचाैरमा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचाैरमा ट्रक दुर्घटना हुदा चालक गुल्मीदरबार गाउँपालिका गाैडाकाेटका ३८ वर्षिय रन बहादुर ढेंगाकाे घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

बिहान सिमिचाैरदेखि सदरमुकाम तम्घास आउँदै गरेको लु१ ख १८६६ नम्बरको ट्रक सिमिचाैरकै काब्रे मा दुर्घटना भएको हाे ।

ट्रक सडक देखि करिब १५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस