थप८९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

श्रावण १६ :  पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । हाल नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस