२४ घण्टामा ६ सय २० जनामा काेराेना सङ्क्रमण पुष्टि

साउन १५ : पछिल्लो २४ घण्टामा ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ४६ जनाको नमुना परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १० दशमलव ६ प्रतिशत हो ।

यस्तै थप दुई सय ९७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार पाँच सय ६७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस