एसईईमा न्यू होराइजन माध्यमिक विद्यालयको उत्कृष्ट नतिजा

अमर पन्थ बुटवल । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा बुटवलको न्यू होराइजन माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयकाअनुसार यस क्षेत्रमै शतप्रतिशत विद्यार्थीले कम्तिमा ‘बी प्लस’ नतिजा ल्याएका छन् । त्यस्तै जिल्लामा चार जीपीए ल्याउने पाँच जना विद्यार्थीमध्ये दुई जना होराइजनका रहेको विद्यालयले जनाएको छ । छात्रा स्प्रिया ढकाल र छात्र विमर्श ज्ञवालीले चार जीपीए ल्याएको विद्यालयले जनाएको छ । विद्यालयबाट एसईई परीक्षामा ३०६ जना विद्यार्थी सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस