सामाजिक क्षेत्रमा उच्च छवि भएका ज्ञवाली पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

अमर पन्थ
बुटवल, १० साउन ।

ज्ञवा बलेटक्सार माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार, गुल्मीको विद्यालय व्यवस्थापन समिति पुर्नगठन भएको छ । दोस्रो कार्यकालको लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सामाजिक व्यक्तित्व तोयनारायण ज्ञवालीलाई चयन गरेको छ । रुरुक्षेत्र गाउँपालिका–४ निवासी ज्ञवाली विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध रही छुट्टै छवि बनाएका छन् । सरल स्वभाव, बोलीमा मिठास, सहयोगी र समाजप्रतिको योगदाकै कारण स्थानीयको मन जितेर उनले पुनः दोस्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी पाएका हुन् । भारतीय सेनाबाट सेवानिवृत्त ज्ञवाली पेन्सन आएपछि विभिन्न विद्यालयहरुमा गरी १७ वर्ष शिक्षण समेत गरेका छन् ।
विद्यालयमा निर्माणाधिन भौतिक पूर्वाधारहरुलाई पूरा गर्न शैक्षिक गतिविधिलाई आधुनिक प्रविधिको प्रयोग गरी सञ्चालन, व्यवस्थापन र गुणस्तरीय शिक्षालाई निरन्तरताका लागि भन्दै पुनः दोस्रो कार्यकालको लागी ज्ञवालीलाई नै जिम्मा दिइएको स्थानीय अभिभावकले जानकारी दिए । ज्ञवालीले पहिलो कार्यकालमा विद्यालयमा भवन निर्माण कार्य, शैक्षिक सुधार अतिरिक्त क्रियाकलाप अभिभावक भेला नीतिनियम लगायत विषयमा राम्रोसंग कार्यसम्पादन गरेको आधारमा आफूलाई अभिभावकले पुनः दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा चुनेको उनले बताए ।
ज्ञवालीले भने, ‘आफू पदमा रहदा या नरहँदा आफ्नै घरदैलोको विद्यालयलाई हरेक समयमा सबै पक्षबाट सहयोग गर्ने, भौतिक पूर्वाधारका अधुरा योजना सञ्चालन कार्यलाई स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार समक्ष पूरा गर्न कागजी प्रक्रिया गरी अगाडी बढ्ने, शिक्षकहरुको क्षमता वृद्धि गर्न विभिन्न खोजमूलक तालिम प्रदान गर्न योजना अगाडी बढाउने, विद्यार्थीको शैक्षिक प्रगतिका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाबीच पटकपटक शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने विद्यार्थी तथा शिक्षकहरुलाई प्रविधिमय बनाइ कक्षा अगाडी लैजानेछु ।’
यो विद्यालयले २०२७ सालमा स्वीकृत पाएको हो । अनुमतिका आधारमा कक्षा ६ देखि १० सम्म सञ्चालन भएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सुरु गरी सफलतापूर्वक सञ्चालन गरेको पालिकाको पहिलो विद्यालय हो ।
स्थानीय स्रोतमा न्यून पारिश्रमिकमा शिक्षक राख्नुपर्दा आशातीत परिणाम प्राप्त गर्न कठिन । सरकारले विषयगत शिक्षक आपूर्ति गरिदिएमा लक्ष्य प्राप्तिमा सहजता हुने र मावि शिक्षाको निम्ति ठूलो परिमाणमा पैसा खर्च गर्नु भएका अभिभावकहरुको रकम बचत हुने साथै बच्चाहरुको शिक्षाको निम्ति बसाईसराई गर्ने कार्यमा समेत कमी आउने प्रधानाध्यापक नारायण ज्ञवालीले जानकारी दिए । यसरी विद्यालय सञ्चालन हुँदा पनि नतिजाका आधारमा आफ्नो विद्यालयको नतिजा जिल्लामा नखस्किएको खेलकुद बौद्धिक प्रतिभा लगायतका कार्यक्रमहरुमा पनि अगाडी नै रहेको प्रधानाध्यापक ज्ञवालीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस