आजदेखी तीन दिन मनसुन थप सक्रीय हुने

काठमाडौं |   आजदेखी तीन दिन मनसुन थप सक्रीय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ | आज दिउँसो देशभर सामान्यदेखी पूर्ण बदली रहेने विभागले जनाएको छ |

आज प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

पुर्वी नेपालका केही स्थानमा गए रातिदेखी भारी वर्षा भइरहेको छ | भारी वर्षाका कारण राती १२ बजेदेखी झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे, दोमुखा कन्काइ र आसपास भारी वर्षा मापन भएको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ |

भारी वर्षाका कारण पहिरो, भु- क्षय तथा उच्च बहावाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यस अघी नै विशेष बुलेटिन जारी गर्दै जनाइ सकेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस