गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा आज दिनभर भारी वर्षाको सम्भावना ,,उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह

आइतबर बिहानै देखी देशभर पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ | मनसुन सक्रीय भएसँगै देशका धेरै ठाउमा अहिले पनि पानी परिरहेको हो |

आज दिनभर पहाडी भुभागका धेरै तथा बाँकी भागमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ | गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ |

आज राती प्रदेश १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ | यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् | विशेष गरी नदी तटिय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस