गुल्मीदरबारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सर्वसम्मत

भुवन भुसाल, असार १० गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पास भएको छ ।

गत असार ७ गते बसेको दोश्रो गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम माथी आज पालिकामा छलफलका लागि समय छुट्याईएको थियो ।

छलफलका लागि दिईएको समयमा वडा न ५ का वडा सदस्य ज्ञान बहादुर श्रेष्ठले तटबन्ध , बिपद लगायतका कार्यक्रम अझै थप्न सुझाब दिनुभएको थियो ।

सदस्य श्रेष्ठको जवाफमा पालिका अध्यक्ष सरोज कुमार थापाले सो कार्यक्रमहरु बजेटमा ल्याईएको बताउनुभएको थियो ।

छलफल पछि सभामा निर्णयार्थ पेस गरिएको प्रस्ताब सर्वसहमतिले पास भएको छ ।

नीति तथा कार्यक्रम पास भए सङ्गै गाउँपालिकामा आज नै आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट प्रस्तुत गरिदै छ ।

गाउँपालिकाको दोश्रो गाउँसभाको प्रथम अधिबेशन अहिले पालिकाको सभाहलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस