छत्रकोट र रुरुक्षेत्र गाउँपालिका जोड्ने ट्रसपुल छत्रकोट अध्यक्ष रामप्रसाद पाण्डेद्धारा उद्घाटन

दिपा पन्थ, असार ९ गुल्मी:

छत्रकोट र रुरुक्षेत्र गाउँपालिका जोड्ने मौलापुर लोलांग ट्रसपुल समुद्घाटन समारोह छत्रकोट ४ दिगाम गुल्मीमा सम्पन्न भएको छ ।

दुई गाउँपालिकाको सिमानामा रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ ।  कुल २८ लाख ७५ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न भएको उक्त पुल छत्रकोट गाउँपालिकाको ३ लाख ७३ हजार ८७८ रुपैयाँ, समुदायको श्रमदान ५७ हजार ५२० रुपैयाँ र क्षेत्रगत कार्यक्रम अन्तरगत २४ लाख ४४ हजार ५८८ रुपैयाँ रहेको छ ।

मौलापुर लोलांग ट्रसपुल उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पन्थको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमूख आतिथ्यता रहेको थियो ।  त्यस्तै  बिशेष अतिथि रुरु क्षेत्र गाउँपालिका ३ का वडा अध्यक्ष शेषनारायण पौडेल अतिथी छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमूख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं.४ का अध्यक्ष गुणाखर ज्ञवाली,वडा नंं. ६ का अध्यक्ष नारायण रेश्मी,  वडा नं.४का  वडा सदस्य केशवराज कंडेल,पत्रकार युगराज बस्याल अमर पन्थ लगायतको उपस्थिती रहेको थियो ।

सव ईन्जिनियर डिल्लीराज खनालले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जग्गादात्ता पुल निर्माणका प्राबिधिकहरु र अन्य सहयोगदात्ताहरुलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथी पाण्डेले यस पुलको निर्माणले दुई गाउँपालिकालाई  जोड्ने र मानिसलाई खोला तर्दा ज्यान जोखिममा पार्नु पर्ने बाध्यता टरेको बताउनुभयो । महिलाहरु घरमाईत तथा अन्य व्यक्तिहरुलाई घाँसदाउरा गर्नपनि सजिलो भएको बताउनुभयो ।

कार्यक्रमको संचालन यम बहादुर नेपालीले गनुभएको थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस