गुल्मीको दिगाममा डेरी सम्बन्धि तालिम सम्पन्न 

दिपा पन्थ, असार ८ गुल्मी :

नयाँ कृषि अभियान कृषि सहकारी लिमिटेडको आयोजनामा डेरी सम्बन्धि तालिम तथा उद्घाटन कार्यक्रम छत्रकोट ४ दिगाम गुल्मीमा सम्पन्न भएको छ ।
तालिममा पशु प्राबिधिक टेक बहादुर खनाले कृषकहरुको समस्या समाधानका उपाएको बारेमा जानकारी गराउदै डेरी सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
नयाँ कृषि अभियान कृषि सहकारीकाअध्यक्षप्रकाशपन्थको अध्यक्षतामा संचालन भएको तालिममा वडा नं.४ का निवर्तमान अध्यक्ष डिलाराम न्यौपानको प्रमूख आतिथ्यता वडा सदस्य थानेश्वर पन्थ, अनुगमन समिति संयोजक जगनाथ पन्थ रेडियो श्रृङ्गेश्वरका पत्रकार अमर पन्थको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रकाश पन्थले नयाँ कृषि अभियान कृषि सहकारी संस्थाले किसानहरुका लागि विभिन्न कृषि औजारहरु अनुदानमा दिदै आएको र आगामि दिनहरुमा कृषकलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।

कृषि प्राबिधिक पवित्रा घिमिरेले सहजिकरण गर्नुभएको तालिममा किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस