महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्रा नरहेको मन्त्री कार्किको भनाइ

कास्की -सञ्चार तथा सुचना प्रबिधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताउनुभएको छ | पेट्रोलियम पदार्थमा मुल्य बढ्दा अरु क्षेत्रमा महँगी बढेको बताउदै पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उर्जामा जोड दिनुपर्ने उहाँको भनाइ छ |

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्‍मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले उर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित उर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने बताउनुभयो |

कार्यक्रमा बोल्दै उहाँले शासन पद्धतीमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु आवश्यक रहेको बताउनुभयो | आँउदो दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने भन्नेतर्फ अघी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो | आँउदो पुस्तालाई सम्रिद्धी पुस्ता बनाउने गरी पुँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ |

मन्त्री कार्कीले नेपालले पञ्चशिलको सिद्धान्त लाई आत्मसात गर्दै अन्य देशसँगै सम्बन्ध विस्तार गर्दै अघी बढ्ने धारणा राख्नुभयो | दयाशंकर पालिखे स्‍मृति पत्रकारीता सम्मान २०७८ बाट मन्त्री कार्किले पत्रकार बबिता बस्नेतलाई सम्मान पत्रसहित एक लाई एक हजार एक एक सय ११ रुपैयाँ प्रदान गर्नुभयो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस