प्रदेश १ ,मधेश ,बागमती र सुदुररपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बादली रही बाँकी प्रदेशमा मौसमा सामान्यतया सफा रहेने

हाल देशको प्रदेश नं १ , मधेश प्रदेश ,बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाब रहेको र अन्य भु-भागमा स्थानिय वायु ,पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पुर्व-पश्चिमी न्युन चापीय रेखाको प्रभाब रहेको छ |मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १ ,मधेश ,बागमती र सुदुररपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बादली रही बाँकी प्रदेशमा मौसमा सामान्यतया सफा रहेको छ | प्रदेश १ का थोरै स्थानहरु हल्का वर्षा भइरहेको छ |

मंगलबार देशभर आंशिकदेखी सामान्य बादली रहने छ | प्रदेश १ ,बागमती ,मधेश र गण्डकी प्रदेशका केही भु-भागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ |

यस्तै बुधवार प्रदेश १ , मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखी सामान्य बादली तथा बाँकी भु-भागहरुमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहने छ | प्रदेश १ ,बागमती प्रदेशको केही ,मधेस प्रदेश ,र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुइ स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस