पाल्पाको अर्गलीमा बित्तीय साक्षरता अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न

चुरामणि तिमिल्सिना, जेष्ठ २०,पाल्पा :

 

 

पाल्पाको अर्गलीमा १ दिने बित्तीय साक्षरता अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गली पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो।

शेयर सदस्यहरु तथा सन्चालक समितीका पदाधिकारीहरुलाई लक्षित गर्दै तालिम गरिएको हो।साना किसान कृषि सहकारी सस्था लि अर्गली पाल्पाका अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

उद्घाटन सत्रमा प्रमुखअतिथी तानसेन नगर पालिका वडा न१४का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियोे। यस्तै वडा सदस्य बसन्ता ज्ञवाली , राधिका थापा पत्रकार , सन्चालक समितीका पधाधिकारीहरु लगायत समारोहमा विशिष्ट अतिथी रहनु भएको थियो।

सन्चालक समितिका सदस्य बिष्णु पराजुलीको स्वागत मन्तव्य बाट सुरु भएकोमा उत्घाटन सत्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष भट्टराईले यस्ता तालिम हरेक सहकारी सस्थाहरु लाई बर्षमा कम्तिमा दुई पटक सम्म तालिम सन्चालन गर्न सकेमा हरेक शेयर सदस्यहरुको आम्दानी वृद्धि हुने, कुरामा जोड दिदै आगामी कार्यक्रमहरु तथा तालिमहरु सन्चालन गर्दा वडाले सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभएको थियो ।

तालिममा ईलाका प्रबन्धक गणेश प्रसाद भट्टराई , निरन्जन निशादले तालिममा ब्यबहारिक जिवनमा आइपर्ने समस्या समाधान पारिवारिक बजेट बचत गर्ने तरिका समूह सन्चालन आर्थिक वृद्धि गर्ने तरिका सस्था सन्चालन लगायतका विषयमा प्रशिक्षण गर्नु भएको थियो।

कार्यक्रम समापन सत्रमा बोल्दै अध्यक्ष रानाले सहकारीले यो तालिम मात्र हैन अन्य पशुको बाख्राको, बालीसंरक्षण पशुसिबिर, बिमा कार्यक्रम पनि अगाडी बढाइरहेको बताउनु भयो। कार्यक्रमको सहजीकरण सहकारिका प्रबन्धक जानकी पाण्डे र सहायक प्रबन्धक सागर गैरेले गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस