शारीरिक अपांगता भएका व्यक्तीहरुको अधिकारका लागि प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

जेष्ठ १४,बुटवल :

शारीरिक अपांगता भएका व्यक्तीहरुको अधिकारका लागि प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपांग महासंघ नेपालको आयोजना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक  महाशाखाका प्रमुख शारदा बस्यालले शारिरीक अपांगतामा भएको विविधतालाई बुझेर स्थानिय ,प्रदेश तथा केन्द्रिय सरकारबाट प्राप्त हुने बजेटलाई आवश्यकता हेरेर सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । प्रत्यक वर्ष अपांगता भएका व्यक्तीहरुलाइै छुट्टाउने बजेट योजना र कार्यक्रमको अभावका कारण त्यत्तिकै खेर जाने गरेकोमा अब त्यस्तो हुने कुरालाई न्युनिकरण गर्न अपांगता भएका व्यक्ती पनि आ आफ्ना ठाउबाट लाग्न आग्रह गर्दै यसमा आफुले सकेसम्मको सहयोग गर्न लागिरहेको   र लागिरहने प्रतिबद्धता समेत  व्यक्त गर्नुभयो ।
कार्यक्रममा नौँ सदस्यीय तदर्थ समिती समेत गठन गरिएको छ । जसको संयोजक नेत्र सापकोटा ,सचिब देवी डागी , सदस्यहरुमा कमलराज सुवेदी , भोजेन्द्र बस्नेत तुल्सिराम बि सी ,डिल्लीराम जि सी ,सागर घिमिरे ,जुमानसिङ के सी रहनु भएको छ ।
संस्थाका अध्यक्ष बालकृष्ण गैरेको अध्यक्षता ,कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक  महाशाखाका प्रमुख शारदा बस्यालको प्रमुख आतिथ्यता ,बुटवल उपमहानगरपालिका सामाजिक  बिकास शाखाका प्रमुख तुल्सा अर्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २० जना शारिरीक अपांगता भएका व्यक्तीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सहजीकरण सस्थाका सचिव कृष्ण गौतमले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस