गुल्मीको छत्रकोटमा विद्यालयहरु आईतबार पनि संचालन हुने

दिपा पन्थ, जेष्ठ  १३ गुल्मी :

छत्रकोट गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुमा अब देखि आईतबार पनि पढाई हुने भएको छ ।
नेपाल सरकार मन्त्रि परिषदको बैठकले यहि जेष्ठ १ गते देखि लागु हुनेगरी परिक्षणको रुपमा शनिबार र आईतबार सार्बजनिक विदा दिने निर्णय लिएको थियो ।
छत्रकोट गाउँपालिकामा बुधबार बसेको प्रधानाध्यापकहरुको बैठकमा कोरोना महामारीबाट अस्तव्यस्त भएको बालबालिकाको पठनपाठनमा फर्कन कठिन भइरहेको अवस्थामा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेर बालबालिकाको पढाइमा असर परेको भन्दै आइतबार पनि स्कुल सञ्चालन गर्न गाउँपालिकालाई प्रधानअध्यापक हरुले सुझाव दिएका थिए ।
सोही बैठकको निर्णयले अब हप्ता मा ६ दिन नै पढाई हुने र पहिले जस्तै हप्ता मा १ दिन शनिबार मात्र विदा दिने भएको छ ।
रेडियो श्रृङ्गेश्वरसँग कुरा गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले भन्नुभयो कोभिडको कारण धेरै बालबालिकाको पढाईमा असर परेको बताउदै अरु क्षेत्रमा जस्तो शिक्षामा तत्कालिन असर नदेखिए पनि यस क्षेत्रमा दीर्घकालीन असर पर्ने हुनाले यस्तो निर्णय गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस