गुल्मीमा छाडा कुकुरको आतंक

दुर्गा घायल,जेष्ठ १३ गुल्मी :

गुल्मीको रुरुक्षेत्र गाउँपालिका -४ बलेटक्सार र आसपासका वडामा छाडा भुसिया कुकुरले आतंक फैलाएका छन ।

कुकुरले गोठमा बाधेका पशु चौपाया मार्ने खाने गर्न थालेपछि कृषकहरु चिन्तित हुन थालेका छन ।

बुधबार दिउँसो रुरु – ४ बलेचौर निवासी बाल कुमारी श्रेष्ठको गोठमा बाधेका ४ वटा बाख्रा कुकुरले मारिदिएको छ । कुकुरहरु समूह बनाएर हिड्ने र घर नजिक नभएका गोठमा बाधेका बाख्रा र गाईका साना बाच्छाबाच्छी मार्ने खाने गरेका छन ।

तीन बर्ष अघि देखि यसरी कुकुर आतंक बढेको हो । तीन बर्ष अघि पनि कुकुरले सोही स्थानका गिरि प्रसाद श्रेष्ठको तीन वटा खसी बोका र एक बाख्रा गरि चार बाख्रा मार्दिएका थिए ।

गत बर्ष सोही स्थानकै कुल बहादुर सुनारको एउटा बाच्छो र दुई बाख्रा खाएको थियोे भने छिमेकी वडा बम्घामा पनि केही बाख्रा खाईदिएको थियो । यसरी कुकुरले पशु चौपाया मार्ने खाने गरेर दु:ख पाएका गाउँलेहरुले हालै सम्पन्न निर्वाचनमा भोट माग्न आउने उम्मेदवारहरुलाई छाडा कुकुहरु ब्यवस्थापन गरिदिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस