पाल्पामा बैशाख २७ गतेदेखि मदिराजन्य बस्तु बिक्री तथा सेवनमा राेक

बैशाख २५,पाल्पा :

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाल्पामा मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन सेल प्रमुख जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले बैशाख २७ गते देखि मतगणना नसकिँदा सम्म कुनै पनि मानिसले मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवन गर्न नपाउने निर्णय गरेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पाल्पा जिल्लाभर मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस