रुरु क्षेत्रमा वागी उम्मेदवारलाई एमालेको कारवाही

जगनाथ ज्ञवाली,बैशाख २४ गुल्मी :

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका रामलाल बिकलाई नेकपा एमाले गुल्मीले कारवाही गरेको छ ।

रामलाल बि.क गत स्थानीय चुनाब २०७४ मा नेकपा एमाले बाट वडा अध्यक्ष पदमा चुनाव लडेर जितेका थिए । उक्त वडामा नेकपा एमाले पार्टीले वडाअध्यक्ष पदमा नवराज बिकलाई उम्मेदवार बनाएको छ ।

पार्टीबाट पुनः टिकट नभएपछि निर्वतनमान वडाअध्यक्ष रामलाल बिकले अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारि दिएका छन् । पार्टीले पटक–पटक सम्झाउदा पनि उम्मेद्वारी फिर्ता लिन नमानेपछी नेकपा एमाले रुरुक्षेत्र वडानम्बर–१ को सर्वसम्मत निर्णयले कार्वाहीका लागि रुरुक्षेत्र गाउँ कमिटीमा सिफारिस गरेकोले थियो ।

पार्टी बिधानको धारा ८ को उपधारा “ १“ को “ख“बमोजिम निज रामलाल बिकलाई कुनै पनि संगठन र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टिबाट निस्कासन गर्न रुरुक्षेत्र गाउँ कमिटीले नेकपा एमाले जिल्ला कमिटी गुल्मी लाई सिफारिस पत्र पठाए पछि जिल्ला कमिटी गुल्मीले कार्वाही गरेको छ ।

पाँच बर्षे कार्यकालमा बि.क ले पार्टीको हित बिपरित कार्य गर्ने विपक्षीसंग साँठगाँठ गर्ने जस्ता कार्य गर्दै आएका थिए । कहिले एकीकृत समाजवादिका कार्यक्रम त कहिले माओवादी केन्द्रका कार्यक्रम र बैठकहरुमा सहभागी हुँदै आएका थिए ।

नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य समेत रहेका रामलाल पछिल्लो समय आफू एमालेमै रहेको र एमालेमै रहेर सक्रिय हुने फेसबुक स्टाटस लेखेर एमालेमै देखिएका बिकले दोस्रो पटक पनि वडा अध्यक्षको आकंक्षी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस