शारदा माध्यमिक बिद्यालय गुल्मीको ६५ औ वार्षिकोत्सब सम्पन्न

राम कृष्ण कडेल, बैशाख २१ गुल्मी :

शारदा माध्यमिक बिद्यालय गुल्मीदरबार गाउँपालिका ५ अमर अर्बाथोक गुल्मीको ६५ औं वार्षिकोत्सब कार्यक्रम विविध कार्यक्रम गर्दै मङ्ग्लवार सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिकसत्र २०७८ को वार्षिक परिक्षामा तहगत रुपमा उत्कृष्ट अङ्क प्राप्त गर्ने कक्षा प्रथम ,द्धितिय र तृतीय तथा बिधालय प्रथम द्धितिय र तृतीय हुने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी हरुलाइ विभिन्न अक्षयकोषको ब्याजबाट प्राप्त रकम बाट कार्यबिधिमा उल्लेख भए अनुसार पुरस्कार बितरण गरिएको थियो ।

सो कार्यक्रममा बिधालयका प्रधानाध्यापक जिबलाल पौडेलले बिधालयको शैक्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक अवार्ड शिक्षक केहरसिङ्ग धुरेल ,उत्कृष्ट अभिभावक अवार्ड रेखा श्रेष्ठ र उत्कृष्ट विद्यार्थी अवार्ड प्रतीक कंडेललाई अवार्ड द्वारा सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा बिधालयको आर्थिक समृद्धिको लागि आर्थिक सहयोग गर्ने स्थानीय कुलबहादुर महत , प्रकाश अर्याल ,गोबिन्द खत्री , मोहन सिंह गाहा ,डिल्लिराज अर्याल, चन्द्र प्रसाद श्रेष्ठ ,पुरण श्रेष्ठ ,नारायण सुनार लगाएतका चन्दादाताहरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रम बिधालय ब्यबस्थापन समिती सदस्य बाबुराम पन्तको अध्यक्षता र गाउँ शिक्षा इकाई प्रमुख नरेन्द्र प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । भुवानन्द चन्द्रकला भन्डारी अक्षयकोष स्थापनार्थक बिद्यालयका पुर्व विद्यार्थी मदन भण्डारी र कमल भण्डारी तथा सेवानिवृत्त शिक्षक टोपनारायण भण्डारी द्वारा रु ५५१०५ रकमको अक्षकोष स्थापना गर्नुभएको थियो । अक्षकोष सस्थापक तथा आजिवन सदस्यहरुलाइ सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

बिधालयका नृत्य निर्देशक टोप बहादुर ढेङ्गा द्वारा तयार गरिएका विद्यार्थी भाइबहिनी हरुका नृत्य द्वारा कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरिएको थियो । शिक्षक गिता खत्रीको स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक बिष्णु प्रसाद कण्डेलले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी शिक्षा शाखा निरीक्षक खिम बहादुर थापा,गाउँ शिक्षा समिती सद्स्य तारा गिरि,घन प्रसाद श्रेष्ठ ,भिमलाल कंडेल ,बिष्नु गिरिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बिधालयबाट सेवा निबृत शिक्षक टोपनारायण भण्डारी ज्युलाइ बिधालयबाट मायाको चिनो तथा संमान पत्र द्वारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस