पुनः बढ्न थाल्यो गुल्मीमा कोरोना…

माघ ५ गुल्मी ।

गुल्मी जिल्लामा कोरोना संक्रमणको दरमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४८ जना र पिसिआर बिधिबाट गरिएको परिक्षणको क्रममा ३ जना र गरि ५१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा रेसुंगा नगरपालीकामा ११ जना, छत्रकोट गाउपालीकामा ११ जना, सत्यवती गाउपालिकामा ९ जना जना, रुरुक्षेत्र गाउपालीकामा ६ जना , मदाने गाउपालीकामा ४ जना ,गुल्मीदरबार गाउपालीकामा ३ जना,धुर्कोट गाउपालिकामा २ जना, कालीगण्डकी गाउपालिकामा २ जना र इस्मा गाउपालिकामा १ जना गरि ५१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमीतहरु २८ जना पुरुष र २३ जना महिला रहेको छन । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय एघार जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस