श्रम गरेर पैसा आर्जन गर्ने बानिको बिकाश नभएसम्म आर्थिक प्रगती हुँदैन, सत्यवती गाउँपालिका अध्यक्ष ढकाल

नारायण न्यौपाने । गुल्मी, पौष २० ।

 

सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष पारिश्वर ढकालले श्रम गरेर पैसा आर्जन गर्ने बानिको बिकाश नभएसम्म आर्थिक प्रगती हुन नसक्ने बताउनुभएको छ ।

आँफुनै अघि सरेर काम नगरेसम्म कुनै पनी कुरामा सफलता प्राप्त गर्न नसकिनेमा अध्यक्ष ढकालले जोड दिनुभयो । सत्यवती ५ हसरामा गरिबी निवारणका लागि लघु उद्मम बिकाश कार्यक्रम अन्तर्गत हाउस वायरिङ तालिमको उद्घाटन समारोहमा बोल्दै ढकालले उद्मम गर्नेले निरन्तर मेहनत गर्नुपन औँल्याउनुभयो ।

सिप सिकेर मात्रै उपलब्धि नहुने भन्दै उहाँले त्यसको कार्यान्वयन महत्वपुर्ण भएको धारणा राख्नुभयो । ‘याहाँबाट खाडिमा ४० हजार कमाउन जानुनै पर्दैन, शिप सिकेर काम गर्दा त्यो भन्दा बढि कमाउन सकिन्छ’, अध्यक्ष ढकालले भन्नुभयो, ‘ सिप सिकेर ब्यावसायी बन्ने अवसरकोे सदुपयोग गर्न सक्नुपर्छ ।’ कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुवर्णा शेरचन शाहीले सिपले मानिसलाइ आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो ।

सिपको अभावमा बाहिरबाट प्राविधिक ल्याउन पर्ने भन्दै उपाध्यक्ष शाहीले त्यो अबस्था आउन नदिन सहभागीले कुशलता पुर्वक सिप हाँसिल गर्नुपर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मीले सिप सिकेर ब्याबसायि बनेपछी मात्रै सरकारको उद्वेश्य पुरा हुने बताउनुभयो । आफ्नो पैसा खर्च गरेर सिक्नु पर्ने अबस्थामा सरकारले स्थानिय स्तरमै निशुल्क सिप सिक्ने वातावरण गरायकोमा सहभागी भाग्यमानी भएको रेग्मीको भनाइ छ ।

‘तालिम प्राप्त गर्नु भाग्यको कुरा हो’ प्रमुख प्रशासकिय अधिकृत रेग्मीले भन्नुभयो, ‘सिप सिकेर ब्याबसायि बनेपछी मात्रै तालिमको औचित्य पुरा हुनेछ ।’ वडा न ५ का अध्यक्ष ओम प्रकाश भण्डारीले तालिम, तालिममा सिमित हुन नहुने बताउनुभयो । उहाँले तालिम लिइसकेपछी त्यसको नतिजा ब्याबहारमा देखिनुपर्ने बताउनुभयो । उहाँले वडाले उद्ममीहरुको बिकाशका लागि कुनै कशर बाँकी नराख्ने धारणा राख्नुभयो । सेवा प्रदायक संस्था सहयात्रा बिकाश केन्द्र नेपाल पाल्पाले सहजीकरण गरेको हाउस वायरिङ तालिममा १० जना उद्ममी सहभागी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस