शव लिएर गएको बस पाल्पामा दुर्घटना ७ जनाको घटनास्थलमै मृत्यु

पाल्पा– पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुदा ७ जनाको घटना स्थलमा मृत्यु ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते तथा मृतककाे उद्धार भएको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको छ । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हाे ।

आइतबार बिहान शव लिएर गएको बस दुर्घटना भएको हो । लु २ ख ७२७९ नम्बरको करिब ४० जना सवार बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको घटना स्थलमा पुगेको प्रहरीको प्रराम्भिक अनुसन्धानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस