आज यो वर्षकै बढी चिसो…

मंसिर२६,२०७८ काठमाडौं :काठमाडौंमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ।

काठमाडौंसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ। केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ।

मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस