गुल्मीको घ्यूबेशीमा खुल्ला वडा कप क्रीकेट प्रतियोगिता हुने
माधव ज्ञवाली ,कार्तिक १९ गुल्मी ।
गुल्मीमा खुल्ला वडा कप क्रीकेट प्रतियोगिताको आयोजना गरिएको छ।जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको खेलमैदान घ्यूबेशीमा हुन गइरहेको प्रतियोगिताको आयोजना सुर्योदय युवा क्लबले गरेको हो।
क्लबका अध्यक्ष पदम श्रेष्ठका अनुसार खेल कार्तिक २२ गतेदेखि सुरु हुनेछ। खेल आइसिसीको नियमानुसार ( एल बि डब्ल्यु बाहेक ) संचालन हुने पनि उनले बताए। मानिसको हरेक क्षेत्रको वृद्धि बिकासको लागि खेल पनि एक महत्वोपुर्ण पाटो भएकोले यस् क्लबले बेला बेलामा यस्तै प्रतियोगिता आयोजना गर्दै आइरहेको उनले बताए।
रु. पच्चीस सय तिरेर टिम दर्ता गर्न सकिने र टिम दर्ता गर्दा एउटै वडाका कम्तीमा ८ जना खेलाडी अनिवार्य हुनुपर्ने क्लबले जानकारी दिएको छ। बाकी ३ जना खेलाडी वडा भन्दा बाहिरका खेल्न पाउनेछन् ।टिम दर्ता गर्दा सुरुमा दिइएको खेलाडीको नाम लिस्ट खेलको अन्तिम सम्म हुने पनि बताइएको छ।
प्रतियोगिताको उपाधी जित्ने टिमले नगद रु. २२ हजार २ सय २२ रुपैयाँ , ट्रफी ,मेडल अनि प्रमाण पत्र साथै उपबिजेताले नगद रु. ११ हजार १ सय ११ रुपैयाँ , ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।