चितुवाको छाला सहित गुल्मीको छत्रकोट-३ लुम्छामा २ जना पक्राउ ।

इश्वरी बश्याल,असोज १३ गुल्मी ।

चितुवाको छाला सहित गुल्मीमा दुईजना पक्राउ परेका छन् ।

जिल्लाकाे छत्रकाेट गाउँपालिका ३ मा रहेको एक होटलबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाको छाला काराेबार भइरहेको भन्ने गाेप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट २ का २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरि बहादुर सार्कीलाई चितुवाकाे छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।

पक्राउ परेका उनिहरुलाई आवश्यक कारबाहीको लागि सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको पनि प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस