वैदिक धर्म सेवा समाज पाणिनिले गर्यो पहिरो पिडित सुनारलाई खाद्यान्न सहयोग

माधव बेल्वासे ,अर्घाखाँची  ।

वैदिक धर्म सेवा समाज पाणिनिले आज बुधवार पाणिनि गाँउपालिकाको वडा न. ७ झन्द्रेकका पहिरो पिडित जिवलाल सुनारको परिवारलाई तत्काल आवस्यक पर्ने खाद्यान्य राहात स्वरुप प्रदान गरेको छ ।
पिडित सुनार बसेको आफ्नो दाजुको घरमै पुगेर सेवा समाजका अध्यक्ष पण्डित चन्द्रमणि घिमिरेले पिडितलाई ६० किलो चामल , दाल नुन , तेल र चिनि लगायतका तत्काल खानका लागि आवस्यक सामग्रीहरु वितरण गर्नुभएको हो ।

कार्यसमिति सदस्य गोमा पौडेल तथा स्थानिय समाजसेविहरुको उपस्थितिमा उत्त सामग्री हस्तान्तरण गरिएको हो ।खाद्यान्य वितरण गर्ने क्रममा अध्यक्ष घिमिरेले पिडित परिवारको अवस्था र उनिहरुको समस्याको बारेमा पिडित परिवार सँग छलफल गर्नुभएको थियो ।
प्राकृतिक नियम र ऐश्वर्य चाहाना विपरिप मानिसको कुनैपनि तागत नहुने भन्दै सहनशिल र धैर्य भएर विपतको सामना गर्न परिवारजनलाई सुझाउनु भएको थियो ।

 

आफुहरुको संस्थाले विपतमा परेकाहरुलाई विगत देखिनै सहयोग गर्दै आएको बताउँदै यो सानो सहयोग पनि घाउँमा मलाम हुने विश्वास ब्यात्त गर्नु भएको थियो ।पाणिनि गाउँपालिकाको वडा न. ७ झन्द्रेक निवासि जिवलाल सुनारको भाद्र १५ गते घर माथिबाट खसेको परिरोले घर, गोठ पुरिदा उनकि ९ वर्षिया छोरि झरना सुनारको मृत्यु भएको थियो भने पशु चौपाया पनि पुरिएका थिए । उनको परिवार अहिले दाजुको घरमा आस्रय लिइरहेको छ ।

वैदिक धर्म सेवा समाज पाणिनिले सनातन धर्मको रक्षार्थ गर्ने कार्यक्रमका अलवा विभिन्न विपतमा परेका तथा समस्यामा परेकाहरुलाई पनि सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस