अर्घाखाँचीमा हाइस दुर्घटना, एकको मृत्यु

अर्घाखाँची ।
अर्घाखाँचीमा हाइस दुर्घटना भएको छ । शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक मुनी रहेको पहिरोबाट बिहान करिव ५ बजे सडकबाट करिव ३०० मिटर तल खसेको समाचारमा जनाईएको छ । 
दुर्घटनाबारे थप अध्ययन भईरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस