आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

भदौ १४ गुल्मी ।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने पर्व आज परेको हो ।

आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मान्ने गरिएको छ ।

द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस