गुल्मीमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाका कारण १ जनाको मृत्यु

श्रावण ३१, गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल २८५ जनामा गरिएको परिक्षण मध्य ४३ जना पुरुष र ४३ जना महिला गरि ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको छत्रकोट गाउँपालिकामा ३० जना, चन्द्रकोट गाउँपालिका १७ जना र धुर्कोट गाउँपालिका १० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै मुसिकोट नगरपालिकामा ९ जना र इस्मा गाउँपालिका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा ४-४ जना, गुल्मीदरबार गाउँपालिकामा ३ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ७ सय ३३ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या शुन्य रहेको छ । यो संगै गुल्मीमा अहिले सम्म कुल ४ हजार ५ सय २७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मदाने गाउँपालिका निवासी ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस