गुल्मीमा कोरोना अबडेट : पछिल्लो २४ घण्टामा थप ४७ जनामा संक्रमण पुष्टि, ६६ जना डिस्चार्ज

श्रावण २८, गुल्मी :

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ११ जना र एन्टिजेन परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
सत्यवती गाउँपालिकामा १५ जना, इस्मा गाउँपालिकामा ११ जना, छत्रकोट गाउँपालिकामा १० जना ,रुरुक्षेत्र गाउँपालिकामा ३ जना, गुल्मीदरबार गाउँपालिकामा २ जना, धुर्कोट गाउँपालिकामा २ जना, मदाने गाउँपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा २ जना रेसुङ्गा नगरपालिकामा १ जना गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ६०३ पुगेको छ । अहिले सम्म कुल चार हजार पाँच सय २७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस